दफा २७
केन्द्र स·ठित संस्था हुने
(१) केन्द्र अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हुनेछ ।
(२) केन्द्रको काम कारबाहीको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ ।
(३) केन्द्रले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपयोग गर्न, बेचबिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।
(४) केन्द्रले व्यक्ति सरह आÇनो नामबाट नालिस, उजुर गर्न र केन्द्र उपर पनि सोही नामबाट नालिस, उजुर लाग्न सक्नेछ ।
(५) केन्द्रले व्यक्ति सरह करार गर्न र करार बमोजिमको अधिकार प्रयोग गर्न र दायित्व निर्वाह गर्न सक्नेछ ।